दार्चुलाका ५१ जना पत्रकारले लिए परिचय पत्र

0
Shares

किरन धामी, दार्चुला ।

सुदुरपश्चिम प्रदेशको दुर्गम तथा हिमाली जिल्ला दार्चुला जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत महिला तथा पुरुष गरी ५१ जना पत्रकार तथा सम्बादाताहरुले पत्रकार परिचय पत्र लिएका छन् ।

नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय सुचना तथा प्रसारण विभागले कार्तिक २७ र २८ गते सदरमुकाम खलंगामा संचालन गरेको प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण घुम्तीशिविर कार्यक्रमबाट उक्त संख्यामा रहेका पत्रकार तथा सम्बादाताहरुले प्रेस प्रतिनिधि प्रमाणपत्र र पत्रकार परिचय पत्र लिएको घुम्तीशिविर कार्यक्रमका संयोजक एवं विभागका निर्देशक ध्रुव कुमार पोखरेलले जानकारी दिनुभयो ।

दार्चुला जिल्लामा संचालनमा रहेका ७ वटा एफ एम रेडियो र ३ वटा पत्रिकामा कार्यरत पत्रकार र सम्बादाताहरुले विभागले प्रदान गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्र र पत्रकार परिचयपत्र लिएको उहाले बताउनुभयो । पत्रकार परिचय पत्र प्राप्त गरे संगै नेपाल सरकारले पत्रकारहरुको विमा गरिदिने भएको छ । सरकारले ५ लाखको दुर्घटना विमा गरिदिने विभागका निर्देशक पोखरेलले बताउनुभयो ।