तेहरो कर खारेजीको माग गर्दै सामुदायिक वन उपभोक्ता सडकमा

0
Shares

सरोज यादव, विराटनगर । 

तीनै तहका सरकारले लगाएको तेहरो कर खारेजीको मागगर्दै सामुदायिक वन उपभोक्ता समुहहरुले विराटनगरमा बिरोध प्रदर्शन गरेका छन । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल,प्रदेश एकको आयोजनामा गरिएको प्रर्दशनमा प्रदेशभरिका बन उपभोक्ता समुहहरुको सहभागिता थियो ।

स्थानिय शनिहाटमा जम्मा भएका प्रदेशभरिका उपभोक्ता समुहका पदाधिकारी तथा सदस्यहरुले त्यहाँबाट विरोध र्‍याली निकालेका थिए । प्लेकार्ड र ब्यानरसहित निकालिएको र्‍याली शहिद रंगशाला,हस्पीटलचोकको परिक्रमागर्दै बुधहाटमा गएर बिरोधसभामा परिणत भएको थियो । बिरोध सभामा बोल्नुहुँदै महासंघका मोरङ अध्यक्ष रामकृष्ण राईले सरकारले सामुदायिक बन माथी तेहरो कर लगाएर कर्तिमान कायम गर्न नहुने विचार ब्यक्त गर्नुभयो । एकद्वार प्रणालीबाट कर लिनुपर्ने उहाँको भनाई थियो । महासंघका राष्ट्रिय सदस्य भरतबहादुर थापाले समुदायमा हस्तान्तरण भएपछि बन क्षेत्र ३९ प्रतिसतबाट ४४ प्रतिशतमा बृद्धि भएको बताउनुभयो ।

यसैगरि केन्द्रीय कोषाध्यक्ष पार्वता गौतमले बन उपभोक्ता समुहहरु नाफामुलक नभई सेवा मुलक संस्था भएको बताउनुहुँदै तेहरो कर मान्य नहुने अडान प्रस्तुत गर्नुभयो । संघ,प्रदेश र स्थानिय तहले लगाएको सबै कर जोड्दा ७० प्रतिसत बढी हुने बताउनुहुँदै उहाँले अवैज्ञानिक र अब्यवहारिक कर मान्य नहुने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका मोरङ सचिव गणेश उप्रती सुशिलले सरकारले संकलनगर्ने कर ब्यवस्थित र वैज्ञानिक हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकार वार्ता,सम्बाद र सहमतिको माध्यमबाट समस्या समाधान गर्न तयार रहेको प्रदेश अर्थमन्त्रीको विचार उधृत गर्नुहुँदै दाबी गर्नुभयो ।

यसअघि बन समुहहरुले बन ऐन अनुसार १५ प्रतिसत कर बुझाउदै आएपनि पछिल्लो समय प्रदेश र स्थानियतहहरुले आ–आफ्नो तरिकाले कर निर्धारण गरेका कारण सामुदायिक बन धराशायी हुने अवस्थामा पुगेको बन उपभोक्ता महासंघले जनाएको छ । तीनै तहको कर जोड्दा ७० प्रतिसत बढी हुने उनिहरुको भनाई छ । तेहरो कर खारेजी नगरिए राष्ट्रब्यापी आन्दोलन चर्काउने उनिहरुले चेतावनी समेत दिएका छन ।