मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, ३ घाईते

0
Shares

सीताराम अधिकारी, धादिङ ।

धादिङको बेनिघाट रोराङ गाउपालिका वडा नं ३ पृथ्वीराजमार्गको मलेखुमा आज दुई मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

मलेखुबाट बेनिघाटतर्फ जादै गरेको बा ९३ प १७९३ नं.को २२० पल्सर मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको लु ४४ प १४९९ नं.को बुलेट मोटरसाईकल एक आपसमा ठोक्कीएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

दुर्घटनामा घाईते भएका लाई उपचारको लागि राजमार्ग सामुदायिक अस्पताल मलेखुमा पठाईएकोमा उपचारको क्रममा बा ९३ प १७९३ नं. को मोटरसाईकल चालक जिल्ला धादिङ बेनिघाट रोराङ गाउपालिका वडा नं. ३ बस्ने बर्ष २५ का अशोक मगरको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाईते भएका तिनजनालाई काठमाण्डौँ ट्रमा सेन्टर पठाईएको छ ।