आलमकाे बयान : ‘मैले पटकासम्म पड्काएको छैन, बकमको त कुरा नै आउँदैन’

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जिउँदै मान्छे जलाएको अभियोगमा पक्राउ परेका मोहम्मद अफताब आलमले शुक्रबार बसेको थुनछेक बहसमा आफूले पटका समेत नपट्काएको बयान दिएका छन् । जिल्ला अदालत रौतहटमा चलिरहेको थुनछेक बहसमा उनले भने, ‘मैले पटकासम्म पड्काएको छैन । बकमको कुरा आउँदैन ।’

आलमको दिएको बयान प्रती उक्त घटनामा मारिएका त्रिलोकप्रताप सिंहका बुबा श्रीनारायण सिंहले भने खण्डन गरेका थिए । उनले भने ‘घटना भएको छैन भने ५ लाख देखि २ करोडसम्म दिन्छु भनेर मलाई किन भन्छन् आलमका मानिसहरुले श्रीमान्’ ।

आलम २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटमा घाइते भएका १३ जनालाई जीउँदै ईट्टाभट्टामा हालेर जलाएर मारेको अभियोगमा प्रहरीले २६ असोजमा उनलाई पक्राउ गरेको थियो । आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ ।