व्यवसायी रूप ज्योति रिहा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

ठगी मुद्दामा पक्राउ परेका व्यवसायी रूप ज्योति हाजिर जमानतमा रिहा भएका छन् । ज्योति र जाहेरवाला दुवै पक्षबीच मिलापत्र भएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट उनी थुनामुक्त भएका हुन् । ठगी मुद्दामा पक्राउ परेका ज्योति र उनकी छोरी सुरुची ज्योतिमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

ठगी मुद्दा दायर गरेका व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई पत्र दिएपछि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।

ज्योतिले घर निर्माण गर्ने सर्तमा एक करोड ३६ लाख रुपैयाँ पैसा लिएर लामो समयसम्म पनि नत घर न जग्गा फिर्ता गरेको भन्दै मल्लले प्रहरीमा ठगी मुद्दाको जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले कात्तिक २१ गते ज्योति र उनकी छोरी सुरुचिलाई त्रिभुवन विमानलस्थलबाट पक्राउ गरेको थियो ।