ज्योतिलाई हाजिर जमानतमा छोड्न सरकारी वकिलद्वारा प्रहरीलाई पत्र

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

ठगी मुद्दामा पक्राउ परेका व्यवसायी रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई हाजिर जमानीमा छाड्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरीलाई पत्र लेखेको छ ।

ज्योतीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालयले हाजिर जमानतमा छाडिदिन पत्र लेखेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । मुद्दा नचल्ने भएपछि थुनामा राख्न नमिल्ने भन्दै महान्यायाधिवक्ता कार्यालयबाट निर्णय नहुदासम्म हाजिर जमानामा छाड्न कार्यालयले प्रहरीलाई पत्राचार गरेको हो ।

ठगी मुद्दमा उजुरी परेपछि उद्योगी ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको थियो । तर ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई पत्र दिएपछि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।