आलमको थुनछेक बहस सकियो, केही बेरमा आदेश आउँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

१२ वर्षअघि रौतहटको इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको अभियोगमा पक्राउ परेका निलम्वित सांसद मोहम्मद अफताब आलमको थुनछेक बहस सकिएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दिपक ढकालको इजलासमा आठ दिनदेखि चलिरहेको थुनछेक बहस शुक्रबार सकिएको हो ।

आलमलाई थुनामा राख्ने वा थुनामुक्त गर्ने भन्नेबारे अन्तिम निर्णय अदालतले आजै सुनाउने भएको छ । आलमलाई थुनामा राखि कार्वाही बढाउनु पर्ने भन्दै रौतहटका प्रमुख जिल्ला सरकारी वकिल खडिन्द्र कटुवाल, सहन्यायाधिवक्ता सूर्यराज दाहाल र उपन्यायाधीवक्ता अर्जुनप्रसाद कोइरालालगायत तीन सरकारी वकिलले बहस गरेका थिए।

यस्तै, आलमलाई छोड्न नहुने भन्दै जाहेरवालाहरूको तर्फबाट बरिष्ठ अधिवक्ता यूवराज संग्रौला, अधिवक्ता पुष्प पौडेल, ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए।

आलमका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, शेरबहादुर केसी, गोपालकृष्ण घिमिरे, प्रेमबहादुर खड्का, अधिवक्ता सुनिल पोखरेल र अधिवक्ता योगेन्द्र बहादुर अधिकारीलगायत २५ वकिलले बहस गरेका थिए।