फेसबुकभर फैलियो ‘द रक’ को मृत्युको खबर, के हो त वास्तविकता ?

0
Shares

काठमाडौँ । ‘द रक’ का नामले परिचित हलिउडका चर्चित अभिनेता एवंम पहलवान (रेस्लर) ड्वेन जोनसन एक पटक फेरि मृत्युको अफवाहको शिकार भएका छन् ।

एक अनलाइन खबरले हेडलाइनमा बिबिसीले जनाएको भनी नक्कली समाचार प्रसारण गरेपछि उक्त अफवाह फेसबुकभर फैलिएको छ । उक्त अनलाइनले ४७ वर्षीय जोनसनले स्टन्ट गलत गरेका कारण उनको मृत्यु भएको भन्दै भ्रामक सन्देश फैलाएको छ । यतिमात्र नभएर उक्त नक्कली अनलाइनले बिबिसिको नाम समेत प्रयोग गरेको छ ।

जोनसनका बारेमा भ्रामक खबर फैलिएको यो पहिलो पटक भने होइन । सन् २०११ र २०१४ मा पनि उनका बारेमा यस्तै विश्वास नलाग्ने अफवाह फैलिएको थियो । सन् २०११ मा जोनसन आफैले आफू जिवितै रेहेको र स्वस्थ रहेको भनि फेसबुकमा समेत पोष्ट गर्न बाध्य भएका थिए । बिबिसिको नाम प्रयोग गरेर नक्कली सन्देश फैलाएपनि उक्त समाचार खोल्दा भने नक्कली समाचारको स्रोत खुल्ने गर्दछ ।