सल्यानमा जिप दुर्घटना दुईको मृत्यु, सात घाइते


न्युज अफ नेपाल, सल्यान ।

सल्यानमा बिहीबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

दुर्घटनामा परी त्रिवेणी गाउँपालिका–४ फालावाङकी ६० वर्षीया कृष्णा देवी परियार र ५९ वर्षीया यज्ञी थापाको मृत्यु भएको हो । दुबै जनाको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्रिवेणी गाउँपालिका–४ को बडागाउँमा रा १ ज ४३२ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सातै जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।