सुदूरपश्चिमका पाँच जिल्लाका सात वडामा उपनिर्वाचन हुँदै


विमल विष्ट, डोटी ।

सुदूरपश्चिमका पाँच जिल्लाका ७ वडामा अगामी मंङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन हुँने यहाँका जिल्लाहरुमा अछाम,कञ्चनपुर,बाजुरा,बैतडी, र डोटी रहेका छन् । बैतडीका तीनवडा,डोटी एक,अछाम एक, बाजुराएक र कञ्चनपुरको एकवडा गरी सुदूरपश्चिमका पाँच जिल्लाका ७ वडामा उपनिर्वाचन हुन लागेको हो ।

जसका लागि डोटीमा ४ जनाको उम्मेदवारी दर्ता भएको छ । डोटीको आदर्श गाउँपालिका २ को वडाअध्यक्ष पदको उप निर्वाचनका लागि ४ जनाको उमेदवारी परेको छ । जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रामबहादुर बोहरा, नेपाली कांग्रेसका महादेव साउँद, राष्ट्रिय प्रजातन्त्र पार्टीका काशीराम ओझा र स्वतन्त्र उमेदवारीबाट भुमीसिहं खड्काले उमेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले मौवा डोटीले जनाएको छ ।

त्यसैगरी बैतडीको दोगडाकेदार गाउँपालिका ४, सुर्नया गाउँपालिका १ र पुर्चौडी नगरपालिका ४, अछामको मल्लेख गाउँपालिका ५, बाजुराको त्रिवेणी नगरपालिका –१ र कञ्चनपुरको पुर्नवास नगरपालिका ३ मा उपनिर्वाचन हुने निर्वाचन आयोगको कार्यालयले जनाएको छ । त्यसैगरी बैतडीमा ८ उमेदवारीको मनोनयन दर्ता भएको छ ।

वडा अध्यक्ष रिक्त रहेका बैतडीका ३ वडाका लागि ८ जनाले उमेदवारी दर्ता गराएका हुन् । सुर्नया गाउँपालिका वडा नं १ मा अध्यक्ष पदका लागि दुईजना उमेदवारको मनोनयन दर्ता भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाकै पूर्चौडी नगरपालिका वडानं ४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली कांग्रेसका तर्फबाट गोविन्दबहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै दोगडाकेदार गाउँपालिका वडा नं ४ को वडा अध्यक्ष पदका लागि तीनजना उमेदवारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ ।

जसका नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उमेदवारी दर्ता भएको छ । त्यसैगरी अछाममा नेकपा र नेपाली कांग्रेसबिच मात्रै प्रतिस्प्रर्धा हुने भएको छ । अछामको मेल्लेख गाउँपालिका– ५ को वडाअध्यक्षकालागि दुई दलले मनोनयन दर्ता गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रमेशबहादुर खड्काले मनोनयन दर्ता गरेका छन् भने नेपाली कांग्रेसको तर्फबाट वीरबहादुर बोहराले मनोनयन दर्ता गराएका हुन् । त्यस्तै बाजुरा जिल्लामा ३ जनाको उमेदवारी परेको छ । बाजुराको त्रिवेणी नगरपालिका –१, कालागि ३ जनाले मनोनयन दर्ता गरेका छन । जसमा नेकपाका मनराजे बुढा, नेपाली काग्रेसका खगेन्द्र चदारा र राष्ट्रिय प्रजातन्त्र पार्टीका मिनबहादुर ढोलीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत जनाएको छ ।

उता सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा ५ दल बिच प्रतिसप्रर्धा हुने भएको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका ३ मा अध्यक्ष पदकालागि ५ जनाले मनोनयन दर्ता गराएका छन् । वडा अध्यक्षकालागि नेकपाका कृष्ण तामाङ, नेपाली कांग्रेसका दीप तामाङ, समाजवादी पार्टीका भीम तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम शाही र राप्रपा संयुक्तका तर्फबाट श्रीधन तामाङले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ । उमेदवार माथि बिहीवार उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उमेदवारले नाम फिर्ता लिने र उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सम्बन्धित जिल्लाका मुख्य निर्वाचन आयोगका कार्यालयहरुले जनाएको छ ।

मनोनयन दर्ता गराएका उमेदवारहरुलाई मंङसिर १ गते निर्वाचन चिह्न प्रदान गरिने भएको छ । उपनिर्वाचन हुने सुदूरपश्चिमका पाँच जिल्ला ७ वडाहरुबाट कुल १० हजार ९३६ मतदाताले उपनिर्वाचनमा भाग लिने जनाईएको छ  । उमेदवारी दर्ता भए संगै यहाँका दलहरुले आ आफना उमेवारको चुनावी प्रचार प्रसार लाई निकै तिब्रता दिएका छन् ।

आफना उमेदवारको चुनाव प्रचार प्रसारका लागि दलहरुका नेता,कार्यकता देखी वर्तमान संसदहरु समेत अहिले गाउँ गाउँमा चुनाव प्रकार प्रसारका लागि हिडेको नेकपाका नेता तथा सायल गाउँपालिकाका स्थायि तेजबहालुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “उमेदवारको भोट माग्न सांसदर समेत गाउँमा आएका छन्, यो चुनाव त वडाअध्यक्षको चन्दा पनि सांसदको चुनाव जस्तै भएको छ ।”