बंग्लादेशी राष्ट्रपति पोखरामा, फेवा तालमा डुंगा सयर गर्ने कार्यक्रम


न्युज अफ नेपाल, पोखरा ।

नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आइपुगेका छन्। पोखराका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकनका लागि उनी बिहीबार मध्यान्ह पोखरा आएका हुन् ।

पोखरा भ्रमणको क्रममा राष्ट्रपति हमिदले फेवाताललमा डुंगा चढ्नेछन्। त्यस्तै अन्नपूर्ण हिमाल, बेगनास र रुपातालको दृश्यावलोकनसमेत गर्ने कार्यक्रम छ।