प्रधानमन्त्री ओली र बगंलादेशी राष्ट्रपतिबीच भेटवार्ता


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र बगंलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच बुधबार भेटवार्ता भएको छ ।

काठमाडौंको मेरियट होटलमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायत सहभागी छन् ।

मंगलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदले बुधबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँग पनि भेट गरेका छन् ।