जुवातास खेलिरहेको अवस्थामा ४९ जना पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौं महानगरपालिका-४ पञ्चकन्या डेरा गरी बस्ने लमजुङ घर भएका ४६ वर्षीय काशी गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङ सहित ५ जनालाई नगद २१ हजार ३ सय ५० रुपैयाँ र ३ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३ बाँसबारी लोसार पिपलबोट डेरा गरी बस्ने ललितपुर महानगरपालिका-४ घर भएका ४६ वर्षीय विनय थापामगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापामगर सहित ७ जनालाई नगद ३८ हजार ५ सय रुपैयाँ र ४ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं नागार्जुन नगरपालिका-३ हलचोकस्थित हरिमायाँ पुतवारको घरमा जुवा खेलिरहेका काठमाडौं सितापाईला बस्ने सचित दुवाल लगायत १० जनालाई कौडा र नगद ३ लाख ६० हजार रुपैयाँ सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । महानगरी प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं कीर्तिपुर नगरपालिका-६ चोभारस्थित विजय महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा चोभार बस्ने विजय श्रेष्ठ लगायत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले कौडा, नगद २ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ र एनआइसि एसिया वैंकको २ लाख २५ हजार रुपैयाँ र प्राईम वैंकको २ लाख रुपैयाँको चेक सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-२ नयाँपाटी पण्डित गाउँस्थित राधे थापाको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय किशोर थापा लगायत १४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा र नगद २ लाख १५ हजार १ सय ७५ रुपैयाँ सहित पक्राउ गरेको हो ।