प्रधानमन्त्री ओलीसहित शीर्ष नेता बालुवाटारमा


न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शीर्ष नेताबीच बालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुटावारमा सीमा विवाद लगायतका विषयमा छलफल भइरहेको छ ।

करिब एक घण्टादेखि भइरहेको छलफलमा प्रधानमन्त्री ओली, सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छन् ।

सीमा विवाद, सत्यनिरुपण तथा मेलमिलाप आयोग, वेपत्ता आयोगलाई पूर्णता दिन र रिक्त रहेका अन्य संवैधानिक निकायका नियुक्तिका विषयमा छलफल भइरहेको बालु वाटार स्रोतले जनाएको छ ।