निदान अस्पतालका सिईओसहित ५ जना नख्खु कारागारमा


न्युज अफ नेपाल, काठमाडौँ ।

निदान अस्पतालका सिईओसहित पाँच जनालाई कारागार चलान गरिएको छ ।

नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आले कारागार चलान भएका हुन् ।

काठमाडौँ जिल्ला अदालतले पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो । पक्राउ परेका लामाबाहेकका ४ जना प्रत्यारोपणका लागि सिफारिस समितिमा आबद्ध अधिकारीहरु हुन् ।

घटनाका मुख्य विचौलिया हालसम्म पक्राउ पर्न सकेका छैनन् । उनीहरु सबैमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि ५ लाख रुपयाँसम्म जरिवाना माग दाबीसहित अभियोग दर्ता छ ।