‘अघोरी बाबा’की श्रीमतीलाई ५ दिन थुनामा राख्न अदालतको आदेश

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

‘अघोरी बाबा’को नामले चिनिने विजय केसीकी श्रीमती शारदा पाण्डेलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । ठगी आरोपमा सोमबार पक्राउ परेकी पाण्डेलाई मंगलबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको थियो ।

पाण्डेमाथि चितवनकी एक महिलाले रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगेको आरोप लगाएकी छन् । उक्त महिलाले पाण्डेविरुद्ध उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

पाण्डे पछिल्लो समयमा युटुबमा भाइरल भएका ‘अघोरी बाबा’सँग बिवाह बन्धनमा बाधिँएकी छन् । भाइरल भएका दम्पती विवाह पछि भने विवादमा तानिएका छन् ।