ऋतिक रोशनको फ्यान भएकै कारण श्रीमानले गरे श्रीमतीको हत्या

0
Shares

एजेन्सी । अमेरिकामा बसोबास गर्दै आइरहेका एक ३३ वर्षीय भारतीय नागरीकले आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेका छन् । दिनेश्वर बुद्धिदात नाम गरेका उक्त व्यक्तिले आफ्नै २७ वर्षीया श्रीमती डोन्ने डोजोयको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

आफनी श्रीमती बलिउड अभिनेता ऋतिक रोशनको ठुलो फ्यान रहेकै कारण उनले डोजोयलाई चक्कु प्रहार गरेका थिए ।

यस अघि पनि बुद्धिदातले डोजोयमाथि शंका गर्ने र हातपात गर्ने गरेको उनका एक साथीले जनाएका छन् । बारटेन्डरको काम गर्दै आइरहेकी डोजोयले ऋतिक रोशनको ठुलो फ्यान रहेको उनका साथीहरुले जनाएका छन् ।

श्रीमतीको हत्यापछि बुद्धिदात पनि आत्महत्या गरेका छन्