२५ दिनदेखि बेपत्ता पाण्डेको शव फेला

0
Shares

न्युज अफ नेपाल, गुल्मी ।

बिगत २५ दिनदेखि बेपत्ता रहेका एक जना मृत फेला परेका छन् ।  फेला पर्नेमा ४५ वर्षीय काशीराम पाण्डे रहेको प्रहरीले जनाएको छ । पाण्डेको शव मंगलबार बिहान रेसुङ्गा नगरपालिका वडा नम्बर ५ फोक्सीनी सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पोष्टमार्टमको लागि शवलाई गुल्मी अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान चलिरेहेको प्रहरीले जनाएको छ ।