दार्चुलामा भुकम्पको धक्का महसुस

0
Shares

किरन धामी, दार्चुला ।

दार्चुलामा मंगलबार विहान भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका सहायक प्राविधिक चन्दा शाहका अनुसार विहान ७ः४५ बजे भारतको उत्तराखण्डको पिथौरागढ जिल्लाको मन्स्यारी भन्ने स्थानमा केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भुकम्प गएको हो ।

दार्चुलाको खलंगाबाट ६२ किलोमिटर उत्तरतर्फ पर्ने भारतको मन्स्यारीमा केन्द्रविन्दु बनाएर भुकम्प गएको उहाले बताउनुभयो । दार्चुलामा जिल्लामा भुकम्पको धक्का ठुलै महसुस गरिएको छ । भूकम्पको धक्का महसुस गरिए पनि कुनै प्रकारको क्षति भने नभएको प्रहरीले जनाएको छ ।