वाणिज्यदूतहरूको क्षेत्रीय सम्मेलन आजदेखि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

सरकारले वैदेशिक लगानी भित्याउन कूटनीतिक पहल भइरहेको बताइरहेका बेला अनरेरी कन्सुलर कप्र्स नेपाल (एचसीसी–एन) र अवैतनिक वाणिज्यदूतहरूको विश्व महासंघ (फिकाक)को क्षेत्रीय सम्मेलन आज मंगलबारदेखि काठमाडौंमा शुरू हुँदै छ।

चार दिने सम्मेलनको नारा ‘साझा समृद्धिका लागि ऐक्यबद्धता’ तय गरिएको छ। यो जमघटमा करिब एक सय देशका महावाणिज्यदूत सहभागी हुँदै छन्। नेपालको विद्युत्, पर्यटन, उद्योग व्यवसायमा वैदेशिक लगानीलाई प्रोत्साहन गर्न सम्मेलन महत्वपूर्ण हुने एचसीसी–एनका डीन प्रदीपकुमार श्रेष्ठले जानकारी दिनुभयो।

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने सम्मेलनलाई फिकाकका अध्यक्ष डा. अकुट इकेन, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।