देउवा–पुरी टेलिफोन वार्ता

0
Shares

काठमाडौं, (नेस)।

नेपाली कांग्रेसले सीमावर्ती क्षेत्रमा हुने अतिक्रमण अस्वीकार्य भएको बताएको छ। कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको बताउँदै भारतले जारी गरेको नक्साप्रति आपत्ति जनाएको हो।

पार्टी सभापति शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसँगको टेलिफोन वार्तामा पछिल्लो नक्साप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताउनुभएको छ।

विवादित विषयमा साझा मत बनाउन र कूटनीतिक माध्यममार्फत समाधान खोज्न देउवाले पुरीको ध्यानाकर्षण गराउनुभएको सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो।

सोही पार्टीको भ्रातृ संगठन नेविसंघका नेताले बिहीबार राजदूत पुरीलाई पत्र लेख्दै गल्ती सच्याउन ध्यानाकर्षण गराएका छन्।