भारतीय कदम अस्वीकार्य ः प्रचण्ड

0
Shares

पोखरा, (नेस)।

भारतीय राजनीतिक नक्साविरुद्ध तीव्र आलोचना भइरहेका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको पछिल्लो राजनीतिक नक्सा अस्वीकार्य भएको बताउनुभएको छ।

बिहीबार पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले भन्नुभयो– ‘जुन खालको नक्सा सार्वजनिक गरिएको छ, त्यो नेपाललाई मान्य छैन।’

उहाँले लिपुलेकबारे भारत र चीनबीच सहमति भएका बेला आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सो कदम गलत भएको ध्यानाकर्षण गराएको स्मणरण गर्नुभयो।

प्रचण्डले भन्नुभयो– ‘अहिले त कालापानीलगायत सबैले नक्साभित्र पारिसकेपछि यो नेपाललाई सह्य हुन सक्दैन।’
यस बारेमा सरकारले पनि आफ्नो धारणा सार्वजनिक गरिसकेकाले नेपालको भौगोलिक अखण्डताबारे सिंगो राष्ट्र एकै ठाउँमा उभिने उहाँको भनाइ थियो।

‘अब दुई देशबीच संवाद हुन्छ, राष्ट्रिय अखण्डता, सार्वभौमसत्तामा कहीँकतै सम्झौता गर्ने, लचिलो हुने भन्ने सवाल नै हुँदैन।’ –प्रचण्डले भन्नुभयो।