भ्रष्टाचार, बेतिथी र बिकृतीको विरुद्धमा अभिमत प्रकट गर्न राप्रपालाई भोटः कमल थापा


न्युज अफ नेपाल, पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा ब्याप्त भ्रष्टाचार, बिकृती र बिसंगतिको विरुद्ध अभिमत प्रकट गर्न आउँदो उपनिर्बाचनमा राप्रपालाई सघाउन जनता समक्ष आग्रह गरेका छन् ।

आज कास्की–२ को मनोनयन दर्ता गर्नु अघि आयोजित सभालाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता संकटमा रहेको, प्रजातन्त्र माथी कालो बादल लागेको भन्दै थापाले मुलुकको स्वाधिनताको रक्षाको लागि राष्ट्रबादी शक्तीलाई जनताले छनौट गर्नु पर्ने बताए ।

एक सिटको कारण अहिले मुलुकको राजनीतिक समीकरणमा ठुलो फरक नपरेता पनि पोखरेलि जनताले दिने सन्देश महत्वपूर्ण हुने बिचार ब्यक्त गरे ।

भ्रस्टाचारले मुलुक थिलथिलो भएको, युबा जति मलेशिया र खाडी मुलुक भासिएको, शान्ती सुरक्षा कमजोर रहेको, आर्थिक बिकास गफमा सिमित भएको भन्दै थापाले अकर्मण्यतालाई चेतावनी दिन जनताले पार्टी राजनिती भन्दा माथी उठेर निर्णय गर्नुपर्ने आबश्यकता औल्याए । सत्ता र शक्तिको निमित्त आत्मसमर्पणबादी मानसिकता हाबी भएकोमा थापाले चिन्ता प्रकट गरे ।

कार्यक्रममा कास्की–२ का उम्मेदवार रोम बहादुर भण्डारीले कास्किका जनताको माया र बिश्वास पाए इमान्दारी पुर्बक काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । उम्मेदवारी दर्ता गर्न जानू अघि अध्यक्ष थापाले उम्मेदवार भण्डारीलाई बधाई शुभकामना दिदै दुबोको माला लगाईदिएका थिए ।

र्‍यालीमा पार्टीका नेताहरु राजिब पराजुली, तोरण गुरुङ, हेमजङ्ग गुरुङ, चन्द्रबहादुर गुरुङ्ग, मदन कार्की, राजाराम बर्तौला लगायतका नेताहरु सहभागी थिए ।