बालबिवाहको कर्मकाण्ड नगराउन ब्राहमणहरुलाई प्रहरीको सुझाव

0
Shares

बासुदेव शर्मा,जाजरकोट।

समाजमा जटिल वन्दै गएको वालविवाहलाई निर्मुल गर्न त्यतिवेला सवै पक्ष सक्रिय वन्दै गएका छन् । यसै विषमा उमेर नपुगेका केटाकेटीहरुको बिबाह नगर्न नगराउनको लागी जाजरकोटका ब्रहामणहरुसग जिल्ला प्रहरी कार्यालय जाजरकोटले छलफल गरेको छ ।

पछिल्लो समय बालबिवाह गर्ने केटाकेटीहरुको संख्यामा बृद्धि भएपछि बालविवाह निर्मुल गर्न सरोकारवाला निकाय सक्रिय बन्दै गएका छन् ।

यसै बिषयमा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नावय उपरिक्षक श्याम बहादुर खत्रीले जाजरकोट जिल्ला भित्रका कर्मकाण्ड गर्ने ब्रहामणहरुलाई भेला गरी बालबविवाह गरेका केटाकेटीहरुको विवाह नगराउन आग्रह गर्नु भएको छ ।

नेपालको कानुनले केटाकेटीको उमेर २० वर्ष पुरा भएपछि मात्र बिबाह गर्ने गराउने व्यवस्था भएकोले यदि जानीजानी विवाह गर्ने केटाकेटी दुवैलाई सजाय हुने व्यवस्था रहेको बताउदै २० वर्ष भन्दा कम उमेरमा विवाह गराउन संम्लग्न केटाकेटीका आमा बावु बिवाह गराउने ब्रहामण लगाएत बिबाह गराउन लागेका व्यक्तिलाई ३ वर्ष कैद र ३० हजार जरिवाना हुने कानुनी व्यवस्था रहेकोले सवै पक्षले बालविवाहलाई निर्मुल गर्न लाग्नु पर्ने प्रहरी प्रमुख खत्रीले जानकारी गराउनु भयो ।

भेरी नगरपालिका ३ का पण्डित मधुसुदन शर्माले केहि वर्ष अगाडी बालबिवाह गर्ने गराउने कार्य सम्लग्न भएपनि आगामी दिनमा कानुनले प्रतिवन्द गरेका काममा आफुहरु सम्लग्न नहुने वताउदै यदि केहि कसैले बालविवाह गर्न गराउन लागेको थाहा पाए कानुनी व्यवस्थाका वारेमा जानकारी गराउने शर्माले वताउनु भयो ।