प्रहरी महानिरीक्षककै निर्देशनमा यसरी समातियो केशरीलाई

0
Shares

कृष्णउदास खनाल वीरगन्ज।

मकवानपुरको हेटौंडाकी बिन्दवासिनी कंशाकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दीलिप केशरीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै निर्देशनमा र योजनामा पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ ।

२०७० वैशाख ९ गते मध्यान्ह करिब १२ बजेतिर केशरीले हेटौंडा पिपलबोट नजिकै पसलमा बसिरहेका बेला कंशाकारलाई तेजाब अथवा एसिड प्रहार गरेका थिए ।

तेजाब आक्रमाणबाट पीडित कंशाकार पविरारले तत्काललाई प्रहरीलाई घटना बारे जानकारी गराएको भएपनि सुनुवाइ भएको थिएन ।

पछिल्ल्लो पटक काठमाडौं पुगेर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई भेटी कंशाकार परिवारले चासो देखाएपछि प्रहरी महानिरीक्षक खनालले मकवानपुर र बाराका प्रहरी प्रमुखहरुलाई केशरी पक्राउ गर्न निर्देशन दिनुभएको हो ।

निर्देशनसँगै खनालका बिश्वासपात्रका रुपमा रहेका हाल जीतपुर बारामा कार्यरत प्रहरी नायब निरीक्षक सागर सम्शेर राणालार्यसमेत केशरी पक्राउ गर्न आदेश दिएपछि राण आफै खटिएका थिए ।

२०७० साल ताका वीरगन्जका बरिष्ठ प्रहरी उपरीक्षक हुँदा समेत खनालका मुख्य सहयोगीका रुपमा राण नै रहदै आएका थिए ।

करिब सात वर्षपछि भारतको गुणगाउँमा बस्दै आएका केशरीलाई प्रहरीले त्यही पुगेर समातेको हो । केशरी गुणगाउँमा डेरा गरी बसेका रहेछन्।

तीन वर्षअघि विवाह गरेका केशरीको एक वर्षकी छोरीसमेत छिन्। घटनापछि प्रहरीले केशरीको खोजी नेपाल र भारत दुवैतर्फ गरिरहेको थियो।

भारत महाराजगंज अमनपूर्वन ६ का केशरी घटनापछि रक्सौल नाका भएर भारत प्रवेश गरेका थिए। आफ्नो प्रेम प्रस्ताव स्विकार नगरेको भन्दै विन्दावासिनीमाथि एसिड छ्यापेर केशरीले आक्रोश पोखेका थिए।

विन्दावासिनीलाई एसिड छ्यापेर डेढ घण्टामै भारत पसेका उनी साढे ६ वर्षपछि समातिएका हुन्।केशरी हेटौंडाबाट मोटरसाइकलमा रक्सौलसम्म पुगेका थिए।

मोटरसाइकल चलाएर उनलाई रक्सौल र्पुयाउने व्यक्ति भने केशरी समातिएपछि फरार रहेको प्रहरीले बताएको छ।

रक्सौलबाट आफ्नो घर गएका केशरी त्यस यता भारतको विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए।

नेपाल प्रहरीले भारतीय प्रहरीको सहायतामा उनको खोजी गरिरहेको थियो। प्रहरीले २० दिनअघि मात्रै केशरीको अवस्था बारे पत्ता लगाएको थियो।

यसरी भएको थियो घटना

२०७० साल बैशाख ९ गते बिहान सदाजसरी नै बिन्दवासिनी कलेज पढेर खाना खाइ आफ्नो पसलमा बसेर समान बिक्री गरिरहेकी थिइन् ।

मध्यान्ह करिब १२ बजेतिर पसलमा दीलिप आए उनले बिन्दवासिनीलाई महको जस्तो भाडो देखाएर आफ्नी हजुरआमालाई दिन भने ।

बिन्दवासिनीले यो के हो भन्दै दीलिपलाई सोधिन् दीलिपले उक्त भाडो आफैले लियो अनि अकष्मात् बिन्दवासिनीको अनुहारमा तेजाब खन्यायो अनि त्यहाँबाट हिँड्यो ।

दाजु भन्थिन् बिन्दवासिनीले

दीलिपसँग बिन्दवासिनीको राम्रो चिनजान थियो । बिन्दवासिनकीकै फूपूको घरमा आउथ्यो दीलिप । फूपुको घर र बिन्दवासिनीको घर सँगै छ ।

सोही क्रममा उनीहरुबीच चिनजान भयो । आफ्नो फूपुको छोरा(दाई)को साथी भएकाले बिन्दवासिनीले दाइ नै भन्थिन् दीललपलाई ।

एकाएकपछि उसले विवाहको प्रश्ताव ग¥यो बिन्दवासिनीले अस्वीकार गरिन् तर भनिन् आफ्नो बुवाआमासाग माग दिए म तिम्रो दुलही हुन राजी छु । यी सबै कुरा परिवारका सदस्यहरुलाई बिन्दवासिनीले भनेकी थिइन् ।

उपचारमा ८० लाख सकियो

तेजाब आक्रमणबाट क्षति बिक्षत भएको बिन्दवासिनीको अनुसहार सहितको जीवनले अब लयमा फर्कने प्रयास गर्दैछ ।

उनको अनुहारमा प्लाष्टिक सर्जरी गरिएको छ र हालसम्म ८० लाख खर्च भएको बिन्दवासिनीले बताउनुभयो यद्यपी उपचार जारी रहेका कारण अझै कत्ति खर्च लाग्छ भन्न सक्ने अवस्था नभएको उहाँको भनाइ छ ।