पोखरा निर्वाचन कार्यालय नजिकै बम विस्फोट


न्युज अफ नेपाल, कास्की ।

दल दर्ता कार्यक्रमलाई लक्षित गर्दै पोखरामा बम बिस्फोट भएको छ । पोखराको पर्यटन बसपार्कमा नजिक रहेको निर्वाचन कार्यलय छेउमा भएको बम बिस्फोटमा खासै क्षति भने भएको छैन ।

बम विस्फोट कसले र किन गरिएको भन्ने बुझ्न सकिएको छैन । करिब १० :४० को समयमा विस्फोट भएको थियो । थप विवरण आउन बाँकी छ ।

आज दलहरुले निर्वाचन आयोगमा उम्मेदबारी दर्ता गर्दैछन् ।

उप निर्वाचनका लागि आज कास्कीमा नेकपा, काँग्रेस, विवेकशीललगायतले मनोनयन दर्ता गर्न लागेका छन् ।

त्यसैको बिरोध गर्दै बम राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन । विस्फोटपछि जिल्ला निर्वाचन कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।