कार्कीको दौड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

लामो दूरीका धावक रामसुन्दर कार्की लतिलपुरदेखि जनकपुरको रामजानकी मन्दिरसम्म दौड्ने भएका छन्। कार्कीले मंसिर १२ गते गोदावरी नगरपालिका–१ स्थित गोदामचौरमा आफ्नै लगानीमा निर्माण गरेको हनुमान मन्दिर हाताबाट दौड शुरू गर्नेछन्।

कार्की पनि गोदामचौर निवासी हुन्। चारदिनमा दौड पूरा गर्ने कार्कीले जानकारी गराए। दौडबाट संकन हुने रकम सामाजिक कार्यका लागि प्रदान गर्ने कार्कीले बताए। यसअघि कार्की दौडेर ७५ जिल्ला पुगिसकेका छन्।