लागू औषधसहित पक्राउ

0
Shares

भक्तपुर, (नेस)।

महानगरीय प्रहरी परिसर, भक्तपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको।

भक्तपुर नगरपालिका–४ भेलुखेलका राजन भेलेलाई फेनरागन, नुफिन र डाईजेल्याप गरी ११३ एम्पुल, नाईट्राभेट १५ ट्याब्लेट, सिरिन्ज १० थान , विभिन्न कम्पनिको मोवाईल १० थान र नगद ९ हजार सहित पक्राउ गरेको छ।

राजनसँग लागुऔषध खरिद गर्न आएका भक्तपुर नगरपालिका–६ भोलाछे बस्ने आयुष कस्ती समेतलाई पक्राउ गरिएको छ।