मठाधिस भवन हस्तान्तरण

0
Shares

काठमाडौं, (नेस)।

नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले बुढानीलकण्ठ नगरपालिकामा अवस्थित बुढानीलकण्ठ नारायण मन्दिरको नवनिर्मित मठाधीश भवनको उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्य लगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताहरूको सहभागीता थियो।

यो मन्दिर काठमाडौंको उत्तर तर्फ शिवपुरी डाँडाको काखमा अवस्थित छ। यस धार्मिक स्थलको पोखरीको मध्य भागमा नागहरूको शैय्यामा पल्टिरहेको भगवान विष्णुको मूर्ति सम्भवतः नेपालको सबैभन्दा ठूलो प्रस्तर मूर्ति हो।

संसारभरी रहेका हिन्दू धर्मावलम्बीहरूका लागि यस बुढानीलकण्ठ मन्दिरले ठूलो धार्मिक तथा सांस्कृतिक महत्व राख्दछ। उक्त मन्दिरको दर्शन गर्न भारत तथा विश्वको अन्य स्थानहरूबाट दैनिक रुपमा हजारौको संख्यामा तीर्थयात्रीहरू आउने गरेका छन।

मन्दिर परिसरमा निर्मित यस मठाधीश भवन भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धको प्रतीकको रुपमा रहने भएको छ।

भारत सरकारको २ अर्व १८ करोड अनुदान सहयोगमा निर्माण भएको नवनिर्मित यस तीन तल्ले भवनले मठाधीश तथा युवा भिक्षुहरूलाई आश्रय दिनेछ।

जिल्ला समन्वय समिति काठमाडौंले यस परियोजनालाई कार्यान्वयन गरेको हो। दुई देशबीच प्रगाढ तथा घनिष्ट सम्बन्ध रहेकोले नेपालको समृद्ध धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा भारतले दर्शाएको महत्वलाई यस परियोजनाले जोड दिएको छ।