नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

0
Shares

हेटौंडा, (नेस)।

प्रदेश–३ का नवनियुक्त प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले बुधबार हेटौंडामा पदभार ग्रहण गर्नुभएको छ। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुखको सपथग्रहण गर्नुभएका प्रसाईंले बुधबार दिउँसो प्रदेश प्रमुखको कार्यालय हेटौंडामा पदभार ग्रहण गर्नुभएको हो।

उहाँलाई प्रदेश मन्त्रीत्रय शालिकराम जम्कट्टेल, कैलाश ढुंगेल र युवराज दुलाल, प्रदेश सांसद् प्रदीपकुमार कटुवाल क्षेत्री, प्रदेशका मुख्य न्यायाधीवक्ता ओमप्रसाद थपलिया, जिल्ला समन्वय समिति मकवानपुर प्रमख रघुनाथ खुलाल, हेटौंडा नगर उपप्रमुख मीना लामा, सरकारी कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिले स्वागत गर्नुभएको थियो।उहाँलाई कार्यालयपरिसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।प्रदेश प्रमुख प्रसाईंले मन्त्रीहरु, प्रदेश सांसद, सरकारी कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिसमक्ष सम्बोधन गर्नुभएको थियो।

प्रदेश प्रमुख प्रसार्इंले संविधानले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउँदै प्रदेशको विकासका लागि दलहरु र सबैको सुझावबाट अघि बढ्ने बताउनुभयो।
उहाँले संवैधानिक दायरामा रही प्रदेशको प्रगति र उन्नतिमा काम गर्ने बताउनुभयो। उहाँले प्रदेशको प्रगतिका लागि सबैसँग सहकार्य गरेर काम गर्ने भन्दै नेपाली जनताको सद्भावका निमित्त आफूलाई पठाइएकाले काम गरेरै देखाउने दाबी गर्नुभयो।