घर भत्किँदा एकको मृत्यु, दुई घाइते

0
Shares

बर्दिया, (नेस)।

हुलाकी राजमार्गअन्तर्गत गुलरिया नगरपालिका–५ मातङीदेवी चोकस्थित पुनर्निर्माण भइरहेको दुर्गा गेस्ट हाउस भत्किँदा एक जनाको घटन स्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सडक निर्माणको क्रममा १२ मिटर दायाँबायाँका घरहरु भत्काई बनाउने क्रममा दुर्गा गेस्ट हाउसको अगाडिको भाग अकस्मात् भत्किँदा घर मालिक वर्ष ६५ का भविप्रसाद उपाध्यायको घटनास्थलमै मृत्यु भएको हो।

घर निर्माण कार्य गरिरहेका दुई जना कामदार घाइते भएका छन्। घाइते हुनेमा बढैयाताल–९ निवासी शक्तिनगर बस्ने वर्ष ३८ को मनक्रम थारुको टाउको र दुवै खुट्टामा चोट लागी गम्भीर घाइते भएका छन्।

त्यसै गरीसोही ठाउँ बस्ने नवराज चौधरीको खुट्टा र हातमा चोट लागी बर्दिया अस्पताल गुलरिया इमरजेन्सीमा उपचार गरी थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी गराउनुभयो।

घर भत्किँदा मृतकको दिदी पूर्णिमा र नाति सक्षम पौडेललाई सकुशल उद्धार गरिएको थियो। उद्धार कार्यका लागि जेसीभीको प्रयोग गरिएको थियो। मृतकको शव बर्दिया अस्पतालमा पोस्टमार्टमपछि स्थानीय भादाघाटमा दाहसंस्कार गरिएको छ। मृतकका दुई छोरा र श्रीमती छन्।