सड्क निर्माणको क्रममा घर भत्किदा एकको मृत्यु दुई घाइते


विष्णु तिमिल्सिना, बर्दिया ।

हुलाकी राजमार्ग अन्र्तरगत गुलरिया नगरपालिका वडा नं. ५ मातंङ्गी देवी चोक स्थित पुनःनिर्माण भईरहेको दुर्गा गेस्ट हाउस भत्किदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सड्क निर्माणको क्रममा १२ मिटर दायाँ बायाँ का घरहरु भत्काई भनाउने क्रममा दुर्गा गेष्ट हाउसको अगाडीको भाग अकस्मात बिहान साढे ८ बजे को समयमा भत्किदा घरमालिक वर्ष ६५ का भविप्रसाद उपाध्यायको तत्काल घटना स्थलमै मृत्यु भएको र घर निर्माण कार्य गरिरहेका दुई जना कामदार घाइते भएका छन् ।

घाइते हुनेमा बढैयाताल वडा नं. ९ निवासी शक्तिनगर बस्ने वर्ष ३८ को मनक्रम थारु टाउको र दुवै खुट्टामा चोट लागि गम्भिर घाइते भएका तथा सोही ठाउँ बस्ने नवराज चौधरीको खुट्टा र हातमा चोट लागि बर्दिया अस्पताल गुलरिया इमरजेन्सी मा उपचार गरी थप उपचारका लागि नेपालगंज मेडिकल कलेजमा पठाइएको कुरा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी गराउनु भयो । निरक्षक वलीका अनुसार घर भत्किदा मृतकको दिदी पुर्णिमा र नाति सक्षम पौडेललाई सकुशल उद्दार गरिएको बताउनु भयो ।

घर भत्किदा पुरिएका लाई मानिसहरुले उद्दार गर्न नसक्दा जेसिभि ल्याएर भत्किएका संरचना उठाई उद्दार गरिएको थियो । मृतक भबि उपाध्यायलाई बर्दिया अस्पतालमा पोष्टमार्टम पछि स्थानीय भादाघाटमा दाहसंस्कार गरिएको छ । मृतकका दुई छोरा र श्रीमति छन् ।