‘कालापानी र लिपुलेक नेपाली भू–भाग हो: भट्टराई


न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले कालापानी र लिपुलेक नेपाली भू–भाग भएको ऐतिहासिक तथ्य रहेको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपाली भू–भागलाई भारतीय नक्शामा राखेकोमा आफूहरुको गम्भिर ध्यानाकार्षण भएको स्पष्ट पारे । ऐतिहासिक तथ्यले पनि त्यही भन्छ– ‘कालापानी नेपाली भ–ूभाग हो । १९६२ देखि त्यहाँ बसेको भारतीय सेना हट्नुपर्छ । कालापानीलगायत सबै सिमा विवाद टुँग्याउनुपर्छ’ ।

सिमा विवादबारे दुवै मुलुकको सहमतिमा मात्रै निश्कर्षमा पुग्नुपर्ने बताउँदै एकपक्षीय निर्णय अमान्य हुने उनको भनाई छ । जुनसुकै समस्याको समाधान कुटनीतिक निश्कर्षमा पुग्नुर्पने उनले बताए । सरकारले जिपिएस प्रणालीमार्फत सिमा व्यवस्थित् गर्न गैरहेको बताए । सरकारले यसबारेमा एउटा टोली बनाएर अध्ययन गरिरहेको उनले बताएका छन्।
नेपाल र भारतबीच कतिपय सिमा खोलाले छुट्याउने गरेको र कहिलेकाहीँ खोलाले आफ्नो बहाव परिवर्तन गर्दा समस्या हुने गरेकोपनि उनले भने । कतिपय पिलरहरु हराएका र जमिन पनि अतिक्रमण भएको उनले भनेका छन् ।उनले नेपाल र भारत दुवैतर्फ रहेका स्थायी संयन्त्रमार्फत सिमा विवाद समाधान गर्नेपनि जनाए ।