नेरुडे लघुवित्तले नाफा बढायो


नेपाल समाचारपत्र, काठमाडौं।

नरुडे लघुवित्त वित्तीय संस्थाल चालू आवको पहिलो त्रैमासमा १ सय ७१ प्रतिशतले नाफा वृद्धि गरेको छ।

कम्पनीले सो अवधिमा २ करोड ६९ लाख नाफा कमाएको हो।गत आवको पहिलो त्रैमासमा कम्पनीले ९९ लाख २३ हजार नाफा कमाएको थियो।

चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो।हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड ७६ लाख छ। रिजर्भ कोषमा ५१ करोड ३३ लाख छुट्याएको छ।

कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रतिशेयर आम्दानी २७ दशमलव १३, मूल्य आम्दानी अनुपात १८ दशमलव ३२ र प्रतिशेयर नेटवर्थ २ सय २९ दशमलव शून्य ९ छ। हालसम्ममा कम्पनीले ३१ वटा जिल्लामा ८७ वटा शाखा तथा उपशाखाहरूबाट १ लाख ३५ हजार ८ सय ६ विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ।