अपहरित बालकको उद्धार गर्न गोली हानियो

0
Shares

वीरगञ्ज । अपहरणमा परेका एक बालकको उद्धार गर्न पर्सामा गोली चलेको छ । वीरगञ्जको सिर्सिया खल्वाटोलमा अपहरणकारीलाई गोली प्रहार गरी अपहरित बालकको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागेर एक जना अपहरणकारी घाइते भएका छन् । पर्साको पोखरिया नगरपालिकाका राजकुमार दासलाई गोली लागेको हो।