उपत्यकाभित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम

0
Shares

काठमाडौं । काठमाडौ उपत्यकाभित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम लागु गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा सम्बन्धित यातायात व्यवसायीसँगको छलफलबाट नयाँ नियम लागू गर्ने निर्णय भएको हो । निर्णयअनुसार उपत्यकाभित्र प्रवेश गर्ने टिपरले पछाडिको भागमा दुवैतिर नम्बर प्लेट राख्नुपर्ने छ ।

यस्तै, टिपरको अगाडिपट्टी सीसामाथि सजाइने झल्लरी पनि हटाउनु पर्नेछ । ठुलो आवाजमा गीत, संगीत सुन्न राखिएका वुफर हटाउनुका साथै लुकिङ ग्लास पनि दुरुस्त राख्नुपर्ने छ ।

१५ दिनभित्र यी नियम लागू गरिने महाशाखाले जनाएको छ ।