प्रसूति अस्पतालमा नवजात शिशुको ज्यान गयो, परिवारले शव बुझ्न मानेन

0
Shares

काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि परिवारले शव बुझ्न अस्वीकार गरेको छ ।

आरुपोखरी–७ गोरखा घर घर भएका कृष्णबहादुर कुँवरले ३५ वर्षीय पत्नी ज्ञानुकुमारीलाई प्रसूतिका लागि भर्ना आइतबार भर्ना गरेका थिए ।

सोमबार बेलुका प्रसूति कक्षमा लगिएकी ज्ञानुकुमारीबाट आज बिहान जन्मिएको बच्चाको मृत्यु भएको परिवारजनले बताएका छन् । चिकित्सकले सालनाल बेरिएका कारण गर्भमै बच्चाको मृत्यु भएको बताएको कृष्णबहादुरको भनाइ छ ।

बच्चाको नाकबाट रगत आएको, बच्चालाई सफा गरिएको र सालनाल काटेका कारण जीवित बच्चा जन्मिएर चिकित्सकको लापरवाहीका कारण मरेको हुन सक्ने उनको जिकिर छ ।

हाल पत्नी ज्ञानकुमारीको समेत स्वास्थ्य अवस्था नाजुक रहेको उनले बताए ।