म्याग्दीमा खेलाडी सम्मानित

0
Shares

प्रताप बानियाँ, म्याग्दी।

टोड्के हिल रिसोर्ट प्रालिको आयोजनामा खेलकुदको माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नका लागि विभिन्न खेल विधाका पाँच खेलाडी सम्मानित भएका छन्।

म्याग्दीका ५० वर्ष उमेर पुगेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नेपाल भ्रमण वर्ष–२०२० पूर्वसन्ध्याको अवसर पारेर रिसोर्टद्वारा सम्मान गरिएको हो।

सम्मानित हुनेहरूमा अन्नपूर्ण गाउँपालिका–६, घोरेपानीका ६३ वर्षीय पौडीका क्या. डमबहादुर गर्बुजा पुन र मंगला–१, थाईबाङका ७७ वर्षीय बक्सिङका मानबहादुर बुढाथोकी रहेका छन्।

यसैगरी रघुगंगा गाउँपालिका–५ झिँका एथ्लेटिक्सका ६२ वर्षीय मीनबहादुर पाइजा, बेनी नगरपालिका–८, बेनीबजारका भलिबलका ५७ वर्षीय मिलन श्रेष्ठ र मंगला गाउँपालिका–५ अर्मनकी भलिबलकी ५४ वर्षीया कौसिला खत्रीलाई पनि सम्मान गरिएको रिसोर्टले जनाएको छ।