सिक्किम सेमिफाइनलमा

0
Shares

नेपाल समाचारपत्र, बिर्तामोड।

भारतको पाहुना टोली सिक्किम आक्रमण एफसी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा मोरङ जिल्ला लिग च्याम्पियन बेलबारी एफसीलाई ३–२ गोलअन्तरले हराएर सिक्किम अन्तिम चारमा पुगेको हो।

पहिलो हाफमा १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै सिक्किमले दोस्रो हाफमा लगातार तीन गोल गरेको थियो। युवा खेलाडीले भरिएको बेलबारी एफसीको छरितो खेलमा शुरुआतको एक मिनेटमै गोल गरेर अग्रता लिएको थियो।

टोलीका लागि किरण लिम्बूले गोल गरेका थिए। पहिलो हाफमा लय नसमाएको सिक्किमले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दा केही फरक समयमा तीन गोल गर्न सफल रह्यो। ६४औं मिनेटमा रोहन राईले गोल गरेर खेललाई बराबरीमा ल्याए। त्यसको तीन मिनेट नबित्दै उनैले थप गोल गरेर अग्रता दोब्बर बनाए।

बेलबारीका भूषण लिम्बूले ७१औं मिनेटमा पहिलो बार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको थियो। तर रोहनले ८०औं मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए। उनले म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजारसमेत प्राप्त गरे।