विनोदको सानदार प्रदर्शन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

पाहुना टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको खेलमा विनोद भण्डारी चम्किँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ५ विकेटको अन्तरमा जित हात पारेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जितका लागि एमसीसीले २ सय २ रनको लक्ष्य दिएको थियो। नेपालले सो लक्ष्य ३७ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर भेटाएको थियो। नेपाललाई जित दिलाउन विनोदले सानदार प्रदर्शन गरे।

उनले ४ चौका र २ छक्का प्रहार गर्दै ५२ रनमा नटआउट रहेका थिए। नेपाली टोलीका नयाँ कप्तान ज्ञानेन्द्र मल्ल भने १० रनमा आउट भएका थिए।

यसअघि एमसीसीले ४० ओभरमा सबै विकेट गुमाएर २ सय १ रनको योगफल बनाएको थियो। टोलीका लागि ओपनर ब्याटसम्यान विल रोड्स (५४) र बीली गोडलम्यान (५२) ले अर्धशतक प्रहार गरेका थिए।

उनीहरूले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गर्दा विशाल योगफलतिर अग्रसर भएको थियो। तर पवन शर्राफ र ललितनारायण राजवंशीले ४÷४ विकेट लिएर नेपाललाई राहत दिएका थिए।