हङकङ प्रदर्शन – प्रदर्शनकारीमाथि कडा निति लिन सन्चार माध्यमहरुको आग्रह

0
Shares

बेइजिङ (एजेन्सी)।

चीनको सरकारी सन्चार माध्यमले हङकङमा लोकतन्त्रका समर्थनमा प्रदर्शन गरिरहेका प्रदर्शकारीहरु विरुद्ध कडा निति लिन माग गरेको छ। सिन्ह्वा समाचार समितिले हङकङको प्रदर्शनलाई लिएर सरकारले कडा निति अवलम्बन गर्नु पर्ने सुझाव सहितको लेख सामाग्री प्रकाशित गरेको हो। उक्त समाचारलाई लिाएर प्रदर्शनकारीहरुले शनिबार आधिकारिक सिन्ह्वा समाचार एजेन्सीको हङकङ स्थित क्षेत्रिय ब्युरोमा तोडफोड गरेका थिए।

चीनबाट पुर्ण स्वतन्त्रताका लागि प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुले लोक तन्त्र समर्थक एक सांसदमाथि पनि हमला गरेका थिए। सरकारी समाचार पत्र चाइना डेलीले सम्पादकियमा लेखेको छ, ‘ हङकङमा हिँसाले तिब्र रूप लिएको छ। यस स्थितिमा कानुन ब्यवस्था काम राख्नका लागि कडा निति अपनाउन आवश्यक छ ‘।

राष्ट्रवादी ट्याब्लाइड ग्लोबल टाइम्सले आइतबार सम्पादकियमा भनेको छ, ‘ उनीहरुले असफल हुनु पर्नेछ किनभने उनीहरुको हिँसाको जवाफ कानुनले सम्पुर्ण बल लगाएर दिनेछ ‘। साथै हङकङको कानुन निकायसँग सिन्ह्वा कार्यालयमा तोडफोड गर्ने भिडलाई चाँडो भन्दा चाँडो न्यायको कठघरामा ल्याउन पनि माग गरेको छ।

प्रदर्शनका क्रममा एक आक्रमणकारीले केही ब्यक्तीहरुमाथि चक्कुद्वारा हमला गरेका थिए र लोकतन्त्र समथक एक नेताको कान तोकिदिएका थिए। उक्त हमलामा ५ जना घाइते भएको र दुईजनाको स्थिति गम्भिर रहेको बताइएको छ। टेलिभिजन फुटेजमा आक्रमण कारीले जिल्ला पार्षद एन्ड्रयु चियुको कान कपाइरहेको देखिएका थिए। आक्रमणकारी भाग्ने प्रयासमा थिए भने चियुले उनलाई समात्न खोजिरहेका थिए।