पदमुक्त गरिनु स्वाभाविक हो ः तुम्बाहाङ

0
Shares

नेपाल समाचारपत्र, विराटनगर।

प्रदेश १ को प्रदेश प्रमुखबाट पदमुक्त हुनुभएका प्राडा गोविन्दबहादुर तुम्बाहाङले सरकारले पदमुक्त गरेको निर्णयलाई आफूले स्वाभाविक र सहजरूपमा लिएको बताउनुभएको छ।
सरकारको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदमुक्त हुनुभएका प्रदेश १ का प्रदेश प्रमुख तुम्बाहाङले सामेबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँगको बिदाइ भेटमा यस्तो प्रतिक्रिया दिनुभएको हो। उहाँले आफ्नो पद तीन महिनाका लागि मात्रै हो भनेर मानसिकरूपमा तयार रहेको पनि बताउनुभयो।

सरकारको निर्णयलाई आफूले स्वाभाविकरूपमा लिएको बताउँदै उहाँले भन्नुभयो– ‘यति लामो अवधिसम्म प्रदेश प्रमुख भइएला भनेर सोचेको थिइनँ, म सन्तुष्ट छु।’प्रदेश प्रमुखलाई मायाको चिनो स्वरूप खुकुरी प्रदान गर्दै मुख्यमन्त्री राईले कार्यरत अवधिमा सुखद सहकार्य भएको भन्दै प्रशंसा गर्नुभयो।

मुख्यमन्त्री राईले सरकार र प्रदेश प्रमुखबीच सौहार्दपूर्ण सम्बन्ध रहेकाले पदमुक्त नगर्दा हुने भन्ने सुझाव दिएको स्मरण पनि गराउनुभयो। बिदाइ भेटमा मुख्यमन्त्री राई, प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, प्रदेश १ मा प्रमुख सचिवलगायतको सहभागिता रहेको थियो।