मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचन आयोगको निर्देशनानुसार जिल्ला समन्वय समिति भक्तपुरको कार्यालयमा सो कार्यालय स्थापना गरिएको हो। निर्वाचनको काम सोमबारदेखि सञ्चालन गर्ने गरी कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बिसीले बताउनुभयो।

आयोगले जिल्ला अदालत भक्तपुरका मुख्य न्यायाधीश जगतनारायण प्रधानलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ। भक्तपुर–१ ‘क’ मा हुने उपनिर्वाचनसम्बन्धी सम्पूर्ण काम कार्यालयबाटै आजदेखि शुरू भएको मुख्य निर्वाचन अधिकृत प्रधानले बताउनुभयो।

उपनिर्वाचन हुने यस क्षेत्रमा १ हजार ४ सय ८४ जना नयाँ मतदातासहित कुल ४५ हजार १५ मतदाता रहेका छन्। यस क्षेत्रमा २२ मतदानस्थल र ५४ मतदान केन्द्र निर्धारण गरिएको सूचना अधिकारी बिसीले जानकारी दिनुभयो।