चिकित्सा शिक्षा आयोगले पूर्णता पायो

0
Shares

काठमाडौं, (नेस)।

चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूमध्येबाट ३ जना उपकुलपति, त्रिभुवन विश्वविद्यालय, उपकुलपति, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र उपकुलपति, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मनोनित गरिएको छ।
त्यसै गरी स्वास्थ्यसम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङलगायतका आधिकारिक पेसागत संगठनका अध्यक्षहरूमध्येबाट कम्तीमा एक जना महिलासहित २ जना अध्यक्ष, एसोसिएसन अफ हेल्थ प्रोफेसन्स एजुकेसनिस्ट अफ नेपाल र अध्यक्ष, नेपाल नर्सिङ संघबाट मनोनित गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

नागरिक समाजका लब्ध प्रतिष्ठित कम्तीमा एक महिलासहित दुई जना मनोनित गर्ने प्रावधानअनुसार डा. रमेशकान्त अधिकारी र डा. गीता गुरुङलाई मनोनित गरिएको छ। साथै चिकित्सा शिक्षा विज्ञहरूमध्येबाट समावेशी सिद्धान्तको आधारमा कम्तीमा दुई जना महिलासहित ३ जना प्राडा दिव्यासिंह शाह, प्राडा शैली प्रधान र प्राडा जगदीशप्रसाद अग्रवाललाई मनोनित गरिएको जनाएको छ।