पदभार ग्रहण गर्दै नवनियुक्त उपकुलपति बास्कोटा

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा.धर्मकान्त बास्कोटाले आज दिउसो ३ बजे पदभार ग्रहण गर्नुहुने भएको छ । त्रिविका कुलपति एवंप्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आइतबार नियुक्ति गर्नुभएका डा. वास्कोटाले उपकुलपतिको कार्यालयमा पदभार ग्रहण गर्नुहुने भएको छ ।

सहकुलपति एवं शिक्षा मन्त्री गिरिराजमणी पोखरेल संयोजक रहेको सर्च कमिटीले दुई नम्बरमा सिफारिस गरेको डा बास्कोटालाई प्रम ओलीले त्रिविको १९ औ उपकुलपतिमा नियुक्ति गर्नुभएको हो ।