सवारी दुर्घटनामा बाबु छोरीको मृत्यु

0
Shares

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।मृतक एकै परिवारका सदस्य रहेको खुल्न आएको छ । बुवा डाक्टर र छोरी नर्स भएको बताईएको छ ।

कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का अन्दाजी ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको मृत्यु भएको हो ।

शुभलाल विराटनगरको गोल्छा आँखा अस्पताल र अञ्जलीकुमारी न्यूरो अस्पतालमा कार्यररत थिए ।घरबाट अफिस आउने क्रममा दुर्घटनामा परी बावु– छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।