साईकल दुर्घाटनामा बालकको मृत्यु

0
Shares

दयाराम पण्डित,बाजुरा।

बुढीगंगा नगरपालिका वडा नं ६ का एक बालकको साईकल चलाउँदा भिरवाट खसेर शनिबार दिउँसो ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा सोही नगरपालिका वडा न. ६ निवासी पूर्ण सुनारका १४ वर्षे छोरा शुुनिल सुनार हुन् ।

सांफे – मार्तडी सडक खण्डको बाम्काबजार सडकमा सार्ईकल चलाईरहेको वेला नजिकैको भीरबाट १०० मिटर तल खस्दा टाउकोमा गम्भीर चोट लागेको बतायएको छ ।  घाईतेलाई उपचारका लागि छिमेकी जिल्लाको बयालपाटा अस्पताल लिने क्रममा शनिबार दिउँसो बाटो मै मृत्यु भएको बताइएको हो ।

बाम्कको सडक ओरोलो मन्दीरको ओरालो बाटो भएर लिनखोज्दा दुर्घटना भएको स्थानीय चन्द्र राज उपाध्याले जानकारी दिनुुभएको छ।

पहाडको भिरालो भाग त्यसैमा साईकलको ब्रेक नलागेपछि सिधै बुढीगंगा नदीको किनारमा खसेको स्थानीयले बताए । मृतक सुनार तिहारको अबसरमा आफ्ना अंकल आन्टीलाई भेट्न केहीदिन अघि धनगढीबाट बाजुरा आएका थिए ।

बालबालिकाहरु सडक किनारमा खेलिरहदा बढि दुर्घटना हुनसक्ने भएकोले अभिावकले आफ्ना बालवालिकालाई सचेत गराउनुपर्ने सरोकारवालको जोड छ ।