दयाराम पण्डित,बाजुरा।
नेपाली कांगे्रस जिल्ला कार्य समिति बाजुराले त्रिबेणी नगरपालिकको वडा न.१ को वडा अध्यक्ष पदका लागि खगेन्द्र चदारालाई सर्बसम्मत उम्मेदवार छनौट गरेको छ ।
आईतवार दिउसो कांग्रेस केन्द्रीय कार्यलयमा चदाराको नाम सर्बसम्मत सिफरिस गरि पठाएको पार्टी सभापति कबिराज पण्डितले जानकारी दिनुभएको छ ।
आगामीमंशिर १४ गते हुन गैरहेको उप–निर्वाचनमा नेपाली कांग्रेसको तर्फवाट नगरकार्य समितिले सर्वसम्मत प्रदेश “ख”लाई सिफारिस गरेपछि जिल्लाकार्य समितीबाटपनिअनुमोदन गरी केन्द्रीय कार्यालयमा पठाएको पार्टी सभापति पण्डितले बताउनुभयो ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट मन्राज बुढालाई गतविहिवार सिफारिस गरी प्रदेश कमिटीमा पठाएको नेकपाजिल्ला कमिटी सचिव भरत बुढाले जानकारी दिनुभयो ।
२०७४ को स्थानीयतहको निवार्चनमा वडाअध्यक्षका प्रत्यासी बुढाले ३५ मतले पराजय भएको र यपालि पनि मन्राजलाई नै प्रतिस्पर्धामा उतार्ने निर्णय गरियो नेकपा जिल्ला कमिटी सचिव बुढाले बताउनु भयो ।
उक्त वडामा हाल १०३९मतदाता संख्या रहेको कायृवाहक वडा अध्यक्षभुवने चदाराले जानकारी दिनुुभएको छ। तत्कालिन वडा अध्यक्षखम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परी मृत्युभएको थियो ।
२०७४को स्थानीयतहको निर्वाचनमा ३६५ मतप्राप्त गरी विजयी भएका थिए। त्यतिवेलाजम्मा सात सय मत खसेको कार्यबाहक अध्यक्ष चदाराले बताउनुुुभयो । आगामी निर्वाचनमा कडा प्रतिस्पर्धा हुने स्थानीय राजनीतिक कार्यकर्ताले बताए ।
प्रतिक्रिया