लोप हुदै स्थानीय बाजा

0
Shares

बासुदेव शर्मा, जाजरकोट ।

चाँडपर्वहरुमा बजाईने स्थानिय वाजा, लोप हुदै गएका छन् । नेपालीहरुको दोस्रो महान चाड तिहारमा गाउँमा स्थानिय बाजा मादल लगाएतका बाजा नवज्दाँ स्थानिय बाजा सहित नाच लोप हुदै गएका छन् ।

गाउँमै उत्पादन गरेको बाजा नवज्दाँ गाउँमा नाचिने लहरे पैसेरी, ख्याली, मयुर नाच, सिगारु नाचँ लगाएतका नाचहरु लोप हुदै गएका छन् । स्थानिय तहले स्थानिय बाजा संरक्षणको लागी पहल नगरे लोप हुने सम्भावना बढी देखिन्छ ।

केहि वर्ष पहिले तिहार आउनु भन्दा एक महिना अगाडी स्थानिय मादल,टयाम्की झयाली लगाएतका स्थानिय वाजा बजाएर नाचको तयारी गरिन्थ्यो । बुवा आमा लगाएत दिदी वहिनीहरु रमाईलो दिन आयो भनेर खुसी हुने गर्थे ।

हिजो आज तिहारकै दिन स्थानिय वजारबाट डेग लिएर बजाउने डेगमा नाच गर्दा स्थानिय वाजा लोप भएका छन् । स्थानिय बाजा सगसगै स्थानिय नाच समेत लोप हुदै गएका छन् ।

पुरानो कला संस्कृतिहरु लोप हुदै जादाँ बुढापाकाहरु चिन्तित वनेको छन् । भेरी नगरपालिका १३ का धुव्र प्रसाद शर्माले केहि वर्ष अगाडी गाउँमा मादल, टयाम्की, खुट्टामा नेवर लगाएर नाचिने लहरे, सिगारु नाच गाउँमा नहुदाँ तिहारको रौनक हराएको बताउनु भयो ।

स्थानिय वाजा सहित नाच लोप हुदै गएकोले स्थानिय बाजा संरक्षणको स्थानिय सरकारले पहल गरी लोक संस्कृतिको जगेर्न गर्न शर्माले स्थानिय सरकारलाई आग्रह गर्नु भयो ।

आगामी दिनमा स्थानिय बाजालाई संरक्षण नगरे आफु भन्दा पछाडीका सन्तानले मादल भनेको के हो? भन्ने प्रश्ना नगर्लान भन्न सकिदैन सरोकारवाला निकायले स्थानिय बाजालाई संरक्षण गर्न आवश्यक रहेको वताउदै स्थानिय वाजा संरक्षण गरे गाउँको लोक संस्कृति बचाई राख्न सकिने बताउनु भयो ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तिलेभेरी नगरपालिका भित्रका कला संस्कृतिहरुलाई जगेर्न गर्नको लागी स्थानिय स्तरमा बजाईने बाजाहरुलाई प्राथमिकता दिएर लोप हुन नदिने बताउनु भयो ।

आफनो मौलिकता जोगाई राख्नको लागी समुदायको माग अनुसार स्थानिय वाजाहरु संरक्षणको लागी पहल गरी स्थानिय कला संस्कृतिलाई संरक्षण प्रवद्र्धन गर्ने वताउनु भयो ।

केहि पुराना कला संस्कृतिहरु जगेर्न गर्नु पर्ने देखिन्छ त्यस्ता लोप हुदै गएका कला संस्कृतिहरुलाई बचाई राख्नको लागी स्थानिय स्तरका बाजालाई संरक्षण गर्ने पहिलो दायित्व स्थानिय सरकारको भएकोले केहि वजेट विनियोजन गरेको आगामी दिनमा पहिलो प्राथमिकता दिने नगर प्रमुख घर्तिले वताउनु भयो ।

करिव १० दिन सम्म नाचिने स्थानिय नाच नहुदाँ तिहार खल्लो भएको लहरे नाचका मुल गुरु जंगु खत्रीले वताउनु भयो । नयाँ युवाहरुलाई सिकाउने मन हुदाँ हुदै पनि स्थानिय वाजा लोप हुदाँ चिन्तित बनेको खत्रीले वताउनु भयो ।