पाँचखालमा खेतियोग्य जमिन प्लटिङ्ग गर्न ‘प्रतिवन्ध’

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे

‘पाँचखाल नगर, कृषि शहर’ भन्ने नारा बोकेको पाँचखाल नगरपालिकाले कृषि र पशुपालनका क्षेत्रमा आर्थिक वर्ष २०ब्७५/२०७६ मा सम्पन्न गरेका कार्यक्रमबाट कृषकहरु लाभान्वित भएको दावी गरेको छ । आर्थिक वर्ष २०७६/२०७७ का लागि नगरपालिकाले खेतियोय जमिन प्लटिङ्ग गर्न पूर्ण प्रतिवन्ध लगाएको छ ।

‘राजधानीको बैकल्पिक खेतियोग्य जमिन भएको नगरका रुपमा चिनिएको पाँचखालमा खेतियोग्य जमिन प्लटिङ्ग गर्न पूर्ण प्रतिवन्ध लगाईएको छ’–नगर प्रमुख महेश खरेलले भन्नुभयो–‘आफुखुशी र मनलाग्दी खेतियोग्य जमिन प्लटिङ्ग गर्न रोक लगाएका छौं ।’

यसले बढ्दै गएको शहरीकरणलाई ब्यवस्थित मात्रै गर्दैन खेतियोग्य जमिन मासिनबाट समेत रोकिने नगरबासिहरुले विश्वास गरेका छन् ।

कृषिलाई प्रवद्र्धन गर्ने उदेश्यले नगरपालिकाले चालु आर्थिक वर्षका लागि प्रिबेसीक सिड आलु दाना वितरण, घरेलु तथा जैविक विषादी उत्पादन तथा भकारो सुधार, वडा नं ७, ८,९, १०, ११, १३ मा मौरी घार तथा फलफूल बिरुवा बितरण मौरीको पकेट क्षेत्र भुउपयोग योजना निर्माण, रसायनीक मलको प्रयोग न्युनीकरण गर्न प्राङ्गारिक मलमा एनपिके मात्रा बढाइ उच्चस्तरको प्राङ्गारिक मल बनाउने कार्यक्रम शुरु गरेको नगर प्रमुख खरेलले बताउनु भयो ।

‘एकल महिला सिपमुलक कार्यक्रम (प्रत्येक वडामा शिपमुलक तालिम) संचालन, दीगो विद्यालय वातावरण शिक्षा कार्यक्रम, मौलिक बाजा संरक्षण कार्यक्रम, लगानीकर्ता तथा रोजगारदाताहरुको सम्मेलन, लभ ग्रिन नेपालको साझेदारीमा दिगो कृषि कार्यक्रम संचालन हुनेछन’–नगर प्रमुख खरेलले भन्नुभयो–‘पशु वीमामा ५० प्रतिशत प्रिमियम अनुदान, पुरातात्विक अध्ययन उत्खनन, स्यानिटरी ल्यान्डफिल्ड साईट डिपीआर, वीपी राजमार्ग–बेला रानीपानी अरनिको हाईवे सडक स्तरोन्नती वडा नं १०, समाजकल्याण अनैकोट पर्यटकीय सडक स्तरोन्नति क्रमागत, अनेकोटमा १ करोड मा खानेपानी आयोजना, वातावरणीय अध्ययन अनुगमन तथा अनुसन्धान, संघीय तथा प्रादेशिक अनुदानका योजना तथा कार्यक्रम कार्यान्वयन, मानसिक रोगको बिशेषज्ञ क्लिनिक संचालन, ३९ विद्यालयमा विद्युतीय हाजिरि मेसिन जडान गरिनेछ ।’

नगरपालिकाले विगत वर्षका गतिविधिहरुमा महत्वपूर्ण उपलब्धी हासिल गरेको नगर प्रमुख खरेलले बताउनु भयो ।

स्थानीय तह स्व मूल्याङ्कनको नमुना नगरपालिकामा परि उत्कृष्ट अंक प्राप्त, ८६ अंक प्राप्त गरेको, सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता सम्पन्न गरी कार्य शुरु गरेको, सेजको लागि कम्पाउन्ड निर्माण, महिला औद्योगिक ग्राम स्थापना गर्नको लागि सम्झौता, राजश्व तथा जिन्सी सफ्टवेयर खरिद, एसईई दिने विद्यार्थीहरुका लागि कोचिङ् कक्षा सञ्चालन, खेलकुद तथा अतिरिक्त कृयाकलापका कार्यक्रम, छात्राहरुका लागि आत्मसुरक्षा सम्वन्धि तालिम, विद्यालय ब्यवस्थापन समिति तथा अभिभावकहरुको क्षमता विकास कार्यक्रम, युथ क्रियसन सेन्टर स्थापना सम्बन्धि सम्झौता, १५ लाख भन्दा बढिका योजना ई विडिङ्ग मार्फत कार्यान्वयन, पलाञ्चोक भगवती क्षेत्र बिकास ऐन तर्जुमा, शसस्त्र प्रहरी बल संग समन्वय गरी बारुणयन्त्र संचालन गरिएको छ ।

निजी क्षेत्रलाई फोहोरमैला ब्यबस्थापनको जिम्मेबारी दिईएको छ भने सुशासन प्रर्बद्धनका लागि हेल्प डेस्कको ब्यबस्था, पब्लिक सर्भिस लीयाजो अफिसरको ब्यबस्था, नागरीक वडा पत्र, सुचना अधिकारी, नियमित रुपमा सार्बजनीक सुनुवाई, नियमित अनुगमन, सामाजिक परीक्षण, गुनासो सुनुवाईको ब्यबस्था, जनप्रतिनिधि र कर्मचारी बिचमा अन्र्तरक्रिया, नीति तथा सुशासन, साझा सवाल, हरेक हप्ता एसएमटी बैठक, हरेक महिना कर्मचारी बैठक मार्फत नागरिकहरुलाई सेवा प्रभावमा प्राथमिकता दिएको नगर प्रमुख खरेलले बताउनु भयो ।

संचारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा उपप्रमुख लक्ष्मी दनुवार, प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर भण्डारी, प्रशासकिय अधिकृत राजेश बञ्जारा, वडा अध्यक्षहरु, प्रेस सल्लाहकार कपिल कोईराला लगायतले नगरपालिकाले गरेका गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो ।